समाचार

मन्त्रिपरिषद् गठन अझै अनिश्चित, बलियो टोली बनाउने रवि लामिछाने को दाबी

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले हालसम्म मन्त्रिपरिषद् गठनबारे कुनै ठोस निर्णय नभएको बताएका छन्।

पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै उनले आफूले बोल्दासम्म मन्त्रिपरिषद्को टुंगो नलागेको स्पष्ट पारे। साथै, उनले पार्टीले सक्षम र बलियो मन्त्रिपरिषद् गठन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार, पार्टीले आवश्यक व्यक्तिहरूको पहिचान गरिसकेको छ र आगामी दिनमा प्रभावकारी सरकार गठनमा ध्यान केन्द्रित गरिनेछ।