आर्थिक

३ लाख बाट तल झर्याे सुनको मुल्य, आज एकैदिन ८ हजार रुपैयाँले घटयो

६ चैत, काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ ।

यस दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो ।

तोलाको ११५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।