मनोरञ्जन

माया हिरिक्कैमा पल शाह

७ चैत, काठमाडौँ । लोकप्रिय सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत सार्वजनिक भएको छ । माया हिरिक्कै बोलको गीतको भिडियो सुनितामी परियार युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको अडियोमा नवराज पन्तको शब्द छन् भने बसन्त थापाकै संगीत रहेको छ । एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

गम्भिर बिष्टले निर्देशन गरेको गीतको भिडियोमा लोकप्रिय नायक पल शाहले अभिनय गरेका छन् । पलसँगै गायिका सुनितामीको पनि अभिनय रहेको छ । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।

भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन् । शुक्रबार साँझ सार्वजनिक गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

गायिका तथा सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी छिन् । बि।स।२०६६ सालमा पहिलो गीत भिरमा लर्क्यो खरुमा स्वर दिएर साँगितीक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झण्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिका रुमाल साट्न पर्दैन, साईली रिमै, अभागी त म हुँ ढुङ्गा जस्तो मन, मेरो बुडाको के मिलेन लगायतका गीत हिट छन्।