अन्तर्राष्ट्रिय

रुस सधैं इरानको भरोसायोग्य साथी: राष्ट्रपति भ्लादिमिरि पुटिन

७ चैत, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैं इरानको भरोसायोग्य र नजिकको साझेदार रहेको बताएका छन्। इरानी नयाँ वर्ष नवरोजको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मस्कोबाट जारी सन्देशमा क्रेमलिनले उल्लेख गरेअनुसार, पुटिनले तेहरानसँगको सम्बन्ध सधैं विश्वास र मित्रतामा आधारित रहेको बताए। उनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पेजेस्कियानलाई शुभकामना दिँदै इरानी जनताले सबै चुनौतीलाई दृढतापूर्वक पार गर्ने विश्वास व्यक्त गरे।

यसअघि पनि पुटिनले संयुक्त राज्य अमेरिका र इजरायलमाथि आरोप लगाउँदै उनीहरूले इरानविरुद्धको आक्रमणमार्फत पश्चिम एसियालाई अस्थिरताको दिशातर्फ धकेलेको बताएका थिए। उनका अनुसार यस्तो गतिविधिले विश्वव्यापी ऊर्जा संकटलाई अझ गम्भीर बनाएको छ।