८ चैत, काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरु छलफलमा जुटेका छन् । गत फागुन २१ मा भएको चुनावी नतिजाबारे समिक्षा गर्न देउवा पक्षका नेताहरुको बैठक आज काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटेलमा बसेको छ ।
सर्वाेच्चमा विचाराधिन अवस्थामा रहेको नेपाली कांग्रेस अधिकार विवादको मुद्धाको विषयमा पनि छलफल हुने श्रोतले बताएको छ ।
बैठकमा कांग्रेस पदाधिकारी र केन्द्रिय सदस्यको उपस्थिती रहेको छ । गगन पक्षको केन्द्रिय समितिको बैठक अघि देउवासमुहका नेताहरु छलफमा जुट्नुलाई महत्वका साथ हेरिएको छ । रानीनामा अस्वीकृत गराउने तयारीमा जुटेको गगन समुहलाई यो बैठकले अप्ठेरोमा पार्ने संकेत समेत गरेको छ ।
जेनजी आन्दोलनपछिको विशेष महादिवेशनबाट सभापति गगनकुमार थापा चुनिएपनि देउवा समुहले भने देउवालाई नै सभापतिका रुपमा मान्दै आएको छ ।
पुर्व सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि हङकङमा छन् भने महादिवेशनबाट निर्वाचित गगनकुमार थापाले सभापति पदबाट राजिनामा दिएको अवस्था छ ।





