समाचार

निर्वाचन आयोगले प्रधानमन्त्री कार्कीलाई मत परिणामसहितको प्रतिवेदन पेश गर्यो

८ चैत, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की समक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित अन्य पदाधिकारीहरूले आइतबार प्रतिवेदन बुझाएका हुन्। कार्यक्रममा आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधर, आयुक्त सगुन शम्शेर जबरा र सचिव कृष्णबहादुर राउत पनि उपस्थित थिए।

प्रतिवेदन ग्रहण कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुन मन्त्री अनिल कुमार सिन्हा पनि सहभागी थिए।

यसअघि आयोगले राष्ट्रपति रामचन्द्र पौडेल लाई पनि निर्वाचनको मत परिणामसहित प्रतिवेदन बुझाइसकेको छ।