समाचार

देउवा पक्ष सक्रिय भएपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

९ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। भोलि दिउँसो १ ०० बजे बस्नेगरी बैठक बोलाइएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

उनका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधि सभाको निर्वाचनमा राम्रो नतिजा नआएपछि गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । देउवा पक्षले बेग्लै केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको छ।