१० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा सभापति गगन थापाले अध्यक्षता गर्ने जनाइएको छ ।यसअघि शुक्रबार र आइतबार पनि दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा समेत गरेको थियो ।
साथै आज बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने बताइएको छ । बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् । निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् ।
शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो । उता शेरबहादुर देउवा समूहले पनि सक्रीए भएर लागेको छ ।





