११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
हिजो हालसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज घटेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको पनि मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।
तर आज युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा छ।
हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा छ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४९० रुपैयाँ ९३ पैसा छ। आज बहराइन दिनार १ को खरिदर ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसा छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।





