समाचार

संसदको ज्येष्ठ सदस्यका रुपमा केसीले गरे पदभार ग्रहण

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालयमा पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनले सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका केसी ७८ वर्षका छन्।

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन्।