१२ चैत, काठमाडौं । बालेन्द्र शाह ले सांसदको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर आफ्नो विरुद्ध दायर अवहेलना मुद्दाको सुनुवाइको तारिख लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहमाथि तीन वर्षदेखि अदालतमा अवहेलनासम्बन्धी मुद्दा चलिरहेको छ। यो मुद्दा उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलमा हिन्दी फिल्म प्रदर्शन गर्न रोक नगर्न दिएको अन्तरिम आदेशसँग सम्बन्धित थियो। सो आदेशपछि शाहले सामाजिक सञ्जालमा लेखेका पोस्टलाई लिएर अधिवक्ता वर्षा झा ले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दायर गरेकी थिइन्।
सर्वोच्च अदालतमा पुगेका शाहले अब मुद्दा १४ जेठका लागि सुनुवाइ हुने गरी तारिख लिएका छन्।





