ब्रेकिङ न्युज

रास्वपालाई लिङ्देनको सुझाव : अपरिपक्व व्यवहार देखाउन भएन

२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले सत्तापक्षलाई सुझाव दिएका छन् ।

आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा उनले सरकारलाई सुझाव दिइएको जानकारी गराएका हुन् ।

सिंहदरबारमा बसेको बैठकमा उनले लामिछानेले सत्तापक्षको भारत भ्रमणका विषयमा जानकारी गराएको बताए । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सर्वदलीय बैठक बोलाइएको उनले उल्लेख गरे ।

“निर्वाचनपछि पहिलोपटक बोलाउनुभयो । भारत भ्रमणको जानकारी र सरकारलाई सुझाव माग्नुभयो,” उनले भने, “भारत भ्रमणअघि बैठक राखेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दियौँ ।”

सरकारले वैदेशिक मामिलामा अपरिपक्व व्यवहार देखाउन नहुनेमा उनले जोड दिए । सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने बैठकमा उनको भनाइ थियो ।

“संसद्‌मा प्रतिपक्ष गणितका हिसाबले कमजोर छ । वैदेशिक सम्बन्धमा अपरिपक्व व्यवहार देखाउन भएन,” उनले भने, “सरकाले गर्ने गलत क्रियाकलाप देशले व्यहोर्नुपर्छ ।