राजनीति

प्रधानमन्त्री बालेनको शपथमा ४ पूर्वप्रधानमन्त्री आउँदा किन आएनन् ओली ?

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा।बाबुराम भट्टराई सहभागी भएका हुन्।

शपथको समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

त्यस्तै नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पनि सहभागी भएका छैनन् ।