१३ चैत, काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमै बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुन लागेको हो।
पदभार ग्रहण सम्पन्न गरेपछि मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्। आजै राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने नवनियुक्त मन्त्रीहरूले पनि सोही दिन शपथ लिएका छन्।
शपथपछि सबै मन्त्रीहरूले सिंहदरबार पुगेर आ-आफ्नो मन्त्रालयको पदभार सम्हालिसकेका छन्। अब बस्न लागेको पहिलो मन्त्रिपरिषद् बैठकले सरकारका प्राथमिकता र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणका क्रममा कुनै विशेष निर्णय सार्वजनिक गरेका छैनन्। पहिलो मन्त्रिपरिषद् बैठकमार्फत सरकारका नीति तथा कार्यक्रमलाई स्पष्ट पारिने विश्वास गरिएको छ।





