राजनीति

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो : कमल थापा

१४ चैत, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व गृहमन्त्री तथा कांगेस नेता रमेश लेखक प्रक्राउलाई लिएर राप्रपाका नेता कमल थापाले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल माफर्त नेता थापाले बालेन नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको आरोप लगाएका छन् ।

सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ उनले लेखेका छन् । थापाले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुनेमा समेत जोड दिएका छन् ।

उनले अगाडी लेखेका छन् वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।