समाचार

काठमाडौंको कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी​​

१४ चैत, काठमाडौं । काठमाडौंको कमलादीस्थित कौजी रेस्टुरेन्टमा आगलागी भएको छ ।
आज दिउँसो कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार आगो नियन्त्रणमा आउने क्रम जारी छ ।

आगलागीको कारणबारे खुल्न नसकेको डाँगीले बताए । उनका अनुसार आगलागीबाट अहिलेसम्मम कुनै मानवीय क्षति भएको छैन ।