समाचार

केपी ओली अदालत नजाने, भर्चुअल रुपमा उस्थित गराइने

१५ चैत, काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अदालतमा उपस्थित नहुने भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित नहुने भएका हुन् । स्वास्थ्यको ख्याल गर्दै उनलाई भर्चुअल हाजिर गराउने तयारी भएको छ ।

शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने म्याद थपको लागि सरकारी वकिल कार्यालयमा हुँदै अदालतमा उपस्थित गराइएको छ ।