समाचार

मुग्लिन–नागढुंगा सडक ३ दिन रातिमा किन बन्द हुँदैछ ?

१६ चैत, काठमाडौ । मुग्लिन–नागढुंगा सडक आगामी तीन दिन राति १० बजेबाट बिहान ४ बजेसम्म बन्द गरिने भएको छ। सडक स्तरोन्नति कार्यका लागि चितवन इच्छाकामना गाउँपालिका-४, घोप्टेभिर लगायत स्थानमा सडक बन्द गर्ने निर्णय गरिएको छ।

सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने व्यवस्था गरेको छ। सडक स्तरोन्नति कार्यका कारण यात्रामा असुविधा हुन सक्ने हुँदा सडक प्रयोगकर्ताहरूलाई सचेत रहन आग्रह गरिएको छ।

यात्रु र सवारी साधनका चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्न वा समय मिलाएर यात्रा गर्ने तयारी गर्नु पर्नेछ। यस बन्दले सडकको दीर्घकालीन सुरक्षात्मक सुधार र स्तरोन्नतिमा योगदान पुर्याउने बताइएको छ।