१७ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने भन्दै १६ लाख ३० हजार ठगी गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको हो ।
नगरकोटीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।





