१७ चैत, काठमाडौं । प्रहरी वृत्त मालिगाउँका ३५ वर्षीय प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतलाई २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
उनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउने बहानामा घुस लिएको आरोप छ। पक्राउ गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट साँझ करिब ५ बजे गरिएको थियो।





