समाचार

पूर्व सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा हुने

१७ चैत, काठमाडौं । आज बिहान पक्राउ परेका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने आदेश जारी भएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट नियन्त्रणमा लिएको थियो।

रिजालमाथि गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई कारबाही सिफारिस गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले अनलाइनखबरलाई जानकारी दिए अनुसार, उनलाई अनुसन्धानका लागि हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो।