राजनीति

सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान जारी

१८ चैत, काठमाडौं । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको जारी छ।

महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणको हिरासतमा राखिएका लेखकलाई केही बेरअघि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।

सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको शनिबार ९चैत १४० प्रहरीले पक्राउ गरेको थियो। लेखकको बयान सकिएपछि मात्रै ओलीको बयान सुरु गरिने एसपी भट्टराईले बताए।

जाँचबुझ आयोगले उनीहरूलाई ज्यान सम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। सोही कसुरमा जिल्ला अदालत काठमार्डौँबाट पहिलोपटक आइतबार ५ दिनको म्याद थप गरिएको छ।

यसअघि जाँचबुझ आयोगले पनि उनीहरूको बयान लिएको थियो। जुन बयानमा भने दुवै जनाले गोली चलाउन आदेश नदिएको दाबी गरेका थिए।