१८ चैत, काठमाडौं । डिजिटल हिंसाको शिकार बनेकी अमिसा पराजुली ले सामाजिक सञ्जालमा आएका धम्कीपूर्ण र गालीगलौच गर्ने कमेन्टबिरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन्।
साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरी का अनुसार पराजुलीले बुधबार उजुरी दिएकी हुन् र सम्बन्धित व्यक्तिहरूलाई कारबाहीको माग गरेकी छन्।
पराजुलीले भनिन् कि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउ विरुद्ध प्रदर्शनमा आफ्नो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धम्की, गालीगलौच र बलत्कारसम्म गर्ने किसिमका कमेन्ट आइरहेका थिए। उनले ती धम्कीपूर्ण र अश्लील मेसेजहरू संकलन गरेर साइबर ब्यूरोमा पेश गरेकी छन्।
साइबर ब्यूरोले उजुरीको आधारमा सम्बन्धितलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।




