समाचार

कांग्रेसभित्रको विवादप्रति भण्डारीको स्पष्ट सन्देश: गलत सन्देश नदिनुहोस्

१७ चैत, काठमाडौै । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी ले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताहरूको विवादप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले संयमित र जिम्मेवार राजनीति गर्न पुराना नेताहरूलाई आग्रह गर्दै भने, “झगडा राजनीति हो? हारमा झगडा, जितमा झगडा—न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नुपर्छ।”

उनले कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहद्वारा गरिएको गतिविधि घुमाउरो तरिकाले “गतिछाडा गतिविधि” भनेर जनाए। भण्डारीले यस किसिमको व्यवहारले पार्टीभित्र गलत सन्देश जाने र लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पर्ने बताए।

उनले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका छन्।