१८ चैत, काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने प्रक्रियामा आपत्ति जनाउँदै पार्टीभित्र चिन्ता बढाएको छन्। बुधबार संसदीय दलको नेता उपाध्यक्ष रामबहादुर थापा निर्विरोध चयन भएका थिए। यसअघि सांसद सुहाङ नेम्बाङले नेताको आकांक्षा राखेका थिए, तर प्रस्तावक र समर्थक नपाउँदा थापा निर्विरोध चयन भएका थिए।
भट्टराईले यो निर्णय प्रक्रियामा सांसदहरूलाई दबाबमा राखिएको र आन्तरिक चलखेल भएको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनका अनुसार, पार्टीलाई अहिले व्यापक पुनर्गठन र जनविश्वास कायम गर्ने आवश्यकता छ, तर संसदीय दलको नेता चयन गर्ने शैलीले सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ।
भट्टराईले भने, “केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफल गरेर उच्च स्तरको समझदारीमा पुग्न सकिन्थ्यो, तर दबाबमा राखेर गरिएको यो प्रक्रिया राम्रो भएन।”




