समाचार

पार्टी बचाउन सहमत, तर झुकेर होइन: शेखर कोइराला

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र डिजाइन अनुसार सबै खाले प्रयोग भइरहेको बताउँदै संस्थापन पक्षसँग सहमति गर्न तयार रहेको तर झुकेर नजाने स्पष्ट पारेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठकमा नेता कोइरालाले यो भनाइ व्यक्त गरेका हुन्। उनका अनुसार पार्टीलाई कमजोर पार्ने नियोजित गतिविधिहरू भइरहेको छ, जसलाई उनले “कनट्रोल्ड डेमोक्रेसीको प्र्याक्टिस” भनेर व्याख्या गरे।

बैठकमा सहभागी एक नेताले भने, “सहमति गर्न सकिन्छ, तर झुकेर होइन। कांग्रेसलाई कमजोर बनाउने डिजाइन अनुसार सबै प्रकारका प्रयोगहरू भैरहेका छन्।”

शेखरको यो अभिव्यक्ति विशेषगरी गगन थापाप्रति लक्षित रहेको बैठकमा सहभागीहरूले बताएका छन्।