समाचार

पूर्व युवराज पारस शाहको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो

१९ चैत, काठमाडौँ । पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ ।

उनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टले बिहीबार बिहान ब्याट्री फेरिएको बताए ।

उनी बिहान ८ बजे अस्पताल पुगेका थिए भने आवश्यक चेकजाँचपछि बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको हो ।

उनी नर्भिकमा भर्ना भएरै उपचाररत रहेको उनले बताए । उनका अनुसार पारसलाई केही दिन अस्पतालमै राखिने छ ।

शाहले यसअघि पटक पटक हर्टअट्याकको सामना गरेका थिए ।