१९ चैत, काठमाडौं । केहिबेरमा बस्ने संसद बैठकमा सहभागी हुन सांसदहरू सिंहरदरबारस्थित संसद भवनमा पुग्दैछन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनपछिको यो पहिलो बैठक हो। बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ पनि आइसकेका छन्।
बैठकमा सहभागी हुन गाडीदेखि स्कुटर र साइकलमासमेत सांसद संसद भवन पुगेका छन्।
आजको बैठकमा छ दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने,बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रश्तुत गर्ने, संसद नियमावली, २०७९ प्रश्तुत गर्ने, शोक प्रश्ताव परित गर्ने लगायतका सम्भावित कार्यसूचि रहेका छन् ।









