१९ चैत, काठमाडौं । विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन रास्वपा सभापति रवि लामिछानेले अनुरोध गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले संसद्को रोष्ट्रममा उभिएर भने– पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु ।




