१९ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने निश्चित भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले संघीय संसद्का महासचिवलाई निर्वाचन सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।
दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्षको निर्वाचन मिति तोकेको जानकारी दिएका हुन्।
त्यस्तै, राष्ट्रिय सभाका रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत २४ गते हुने छ। यसका लागि दाहालले सचिव तुलबहादुर पाण्डेल लाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन दिएका छन्।
अर्को राष्ट्रिय सभा बैठक चैत २२ गते आइतबार बस्ने जानकारी पनि दिइएको छ। यससँगै राष्ट्रिय सभा निर्वाचन प्रक्रिया र आगामी बैठकको तयारी पूरा भएको छ।




