राजनीति

सरकारी विज्ञापन नीति विवादमा एमाले आक्रोशित, निर्णय फिर्ता लिन माग

२० चैत, काठमाडौं ।  नेकपा एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णयले स्वतन्त्र प्रेसमाथि असर पार्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो। पार्टीका उपमहासचिव लेखराज भट्ट ले सरकारी विज्ञापन वितरणमा एकाधिकार सिर्जना गर्ने प्रयासले प्रेस स्वतन्त्रता कमजोर हुने चेतावनी दिए।

एमालेका अनुसार यस्तो निर्णयले स्वतन्त्र सञ्चारमाध्यमहरूको भूमिकालाई सीमित बनाउने र लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने खतरा रहेको छ। बैठकले सरकारको उक्त कदमलाई प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कार्यका रूपमा व्याख्या गर्दै कडा शब्दमा विरोध जनाएको छ।

पार्टीले विज्ञापन वितरणमा समान अवसर र निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिँदै विवादित निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।