१९ चैत, काठमाडौं । प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू आफूमै भिडेर बिरोधीको मसाल बनेका एमाले पङ्क्तिलाई खास सन्देश पठाएका छन् ।
बिरोधीसँग भिडन डराउने आफ्नैलाई भने समाप्त पार्ने योजनाको जानकारी पाएपछि अध्यक्ष ओलीले नेतादेखि कार्यकर्तासम्मलाई हिरासतबाट सन्देश पठाउनु भएको केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनलले जानकारी दिएका छन् ।
शाहीका अनुसार यस्तो छ ओलीको सन्देश –
१.अध्यक्ष कमरेड केपी ओलीले उच्च मनोबल र दृढ़ संकल्पका साथ बताए कि २३/२४ गतेका घटनाको सत्यतथ्य सधैंकालागि कहाँ लुक्ला र ? यो छिटै बाहिर आउछ ।
२. एमालेलाई आज मात्र प्रहार भएको हो र? विगत देखि प्रहार हुदै आएको छ, एमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे त्यसलाई हामीलाई च्यात्न सकेनौं ।
३. समय सधैं एकनासको हुदैन,हामीले हाम्रो प्रतिबद्धता,सत्यसंग नलड्नु,असत्यसंग नझुक्नु” यसमा लडखडाउनु हुन्न। सधैं झै संघर्षलाई जारी राख्नुपर्छ ।
४. कुरा स्पष्ट छ,त्यो सबैलाई थाहापनि छ,राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न लाग्दा ज्यान लिने समेतका षड्यन्त्र नभएका थिएनन्,अहिलेसम्म बाचिएको छ, अहिले अस्थायी घेराबन्दीको यो चरम रूप हो ।
५. कार्यकर्ता पंक्तिले यतिबेला बिरोधिको मसाल बन्नुहुन्न,अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ ।




