२२ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई उक्त पदमा नियुक्त गरिएको हो।
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष उनले शपथ लिनुभएको हो।
शपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सर्वोच्च अदालतका न्यायाधीशहरू तथा न्याय सेवाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
शपथ ग्रहणलगत्तै कँडेलले आजैबाट आफ्नो कार्यभारसमेत सम्हालेका छन् ।





