२२ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
आइतबार अदालतले उनीहरूविरुद्ध म्याद थप गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा उनीहरूको भूमिकामाथि प्रश्न उठेपछि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा अनुसन्धान अघि बढाइएको छ।
ओली र लेखक दुवैलाई चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरिएको थियो।
प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण संकलन र अनुसन्धानका लागि म्याद थप आवश्यक रहेको जनाएको छ। अदालतको पछिल्लो निर्णयसँगै उनीहरूविरुद्धको अनुसन्धान अझै केही दिन जारी रहने भएको छ।





