समाचार

सुरू भयो प्रतिनिधिसभा बैठक

२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ। आजको बैठकमा ३ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

बैठकमा मतदाता नामावली (पहिलो संशोधन)अध्यादेश (२०८२,प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश (२०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश (२०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ।