समाचार

श्रम संस्कृतिबाट उपसभामुखमा रुबीको उम्मेदवारी दर्ता : रास्वपाको ‘सरप्राइज’ समर्थन

२६ चैत, काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनी २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।

यस्तै उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो ।