राजनीति

हर्क साम्पाङ लेख्छन् : एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदय लिएर काठमाडौँ फर्कंदैछु

२७ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले दार्चुलाका नागरिक अनेकन समस्या तथा अभावबाट पीडित रहेको बताएका छन् ।

दार्चला भ्रमणपछि काठमाडौं फर्कने जानकारी दिँदै सांसदले दार्चुलाबासिले झेल्दै आएका अनेक पीडा तथा अनुभव सामाजिक सञ्जाल फेसबुकमाफर्त सार्वजनिक गरेका हुन् ।

आज बिहान मन भारीबनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, सुत्केरी बुहारीलाई औषधी किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए। कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’ ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको पाखामा कठ्यांग्रिएर घामको न्यायो खोजिरहेका ती आँखाहरूको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाडौँ फर्किंदैछु आज। त्यो ठाउँलाई सम्झिँदा जीवनभरि उतै बसेर गिट्टी कुटिरहूँजस्तो लाग्ने।’

एउटी आमाले विलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर आफु काठमण्डौँ फर्कंनलागेको बताएका छन् । सांसद साम्पाङले अब आफुले भन्नु पर्ने र भनिरहनु पर्ने केही नरहेको भन्दै राज्यको आँखा त्यता दौडनु पर्नेमा जोड समेत दिएका छन् । उनले भने दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानहरु मध्ये एक बन्नु पर्छ ।