२९ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ।
सो अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।





