२९ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको १० बिगा जग्गा, १९० तोला सुन सम्पती सहितको सम्पत्ति विवरण बुझाइएको छ । प्रधानमन्त्री शाहको एक करोड ४६ लाख बैङ्क ब्यालेन्स रहेको र उक्त रकम सामाजिक सञ्जालबाट कमाई भएको बताएका छन् । सुन भने प्रधानमन्त्री शाहकी पत्नीको रहेको देखाइएको छ ।
यसै गरी गृहमन्त्री सुदन गुरुगं सँग ८९ तोला सुन र ६ किलो चाँदी सम्पत्ति विवरण देखाइएको छ । उनको धनकुटा माात्र १९ रोपनी १५ आना जग्गा देखाइएको छ, अन्य स्थानको गरि २६० रोपनी जग्गा देखाइएको छ भने बिभिन्न बैङ्क तथा बित्तिय संस्था तथा अन्य व्यवशायमा गरी ४ करोड ३१ लाखको सेयर रहेको देखाइएको छ ।
यसै गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेको एक करोड ९० लाख बैङ्क ब्यालेन्स रहेको देखाइएको छ भने विभिन्न स्थान गरी अपार्टमेन्ट तथा घर ४ वटा रहेका छन् । अर्थमन्त्री डा वाग्लेले तीन करोड ५५ लाख रुपैयाँ ऋणसमेत देखाएका छन् । सभामुख डी पी उपाध्याय पनि धनी मन्त्रीमा नै परिसकेका छन् यस संगसँगै बालेन मन्त्रीपरिषद्का मन्त्रीहरू पनि धनी मन्त्रीमा परेको देखिन्छ । रास्वपाबा६ मन्त्री बनेकाहरु धेरैजसो धनाढ्य र पढेलेखेका भएको समाचार आउने गरेको छ ।
मन्त्रीहरुले बुझाएको सम्पति बिबरणका आधारमा सुनको अवस्था यस्तो रहेको छ,
को संग कति सुन छ ?
१) वालेन्द्र शाह, प्रधानमन्त्री- १९० तोला
२) गौरीकुमारी यादव, उद्योगमन्त्री- १८० तोला
३) सुधन गुरुङ, गृहमन्त्री- ८९ तोला
४) रामजी यादव, श्रममन्त्री- ८० तोला
५) स्वर्णिम वाग्ले, अर्थमन्त्री- ४५ तोला
६) निशा मेहता, भौतिक पूर्वाधारमन्त्री- ३० तोला
६) निशा मेहता, स्वास्थ्यमन्त्री- ३० तोला
७) सस्मित पोखरेल, शिक्षामन्त्री- २५ तोला
८) प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री- २५ तोला
९) शिशिर खनाल, परराष्ट्रमन्त्री- २२ तोला
१०) विक्रम तिमिल्सिना, सञ्चारमन्त्री- १९.५ तोला
११) सीता वादी, महिला तथा बालबालिकामन्त्री- १८ तोला
१२) विराजभक्त श्रेष्ठ, ऊर्जामन्त्री- १५ तोला
१२) सोबिता गौतम, कानुनमन्त्री- १५ तोला
११) खडकराज पौडेल, पर्यटनमन्त्री- ११ तोला
१४) गीता चौधरी, कृषिमन्त्री- ५ तोला





