२ वैशाख, काठमाडौं । इरानी नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन्। उनलाई इरान ले औपचारिक रूपमा मुक्त गरेको हो, जसको पुष्टि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल ले गरेका छन्।
दुबईस्थित ब्ल्याक सी मरिन एलएलसी मा पानीजहाजका क्याप्टेनका रूपमा कार्यरत झा इन्धन लिएर संयुक्त अरब इमिरेट्स फर्किने क्रममा इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यो घटना इजरायल–अमेरिका–इरानबीच तनाव सुरु हुनुअघि भएको बताइएको छ।
सरकारी निकायहरूले उनको रिहाइबारे परिवारलाई जानकारी गराइसकेका छन्, र उनका आफन्त राजेश झा ले पनि आधिकारिक सूचना प्राप्त भएको बताएका छन्। अमृत झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए र जहाज क्याप्टेनका रूपमा काम गर्दै आएका थिए।





