राजनीति

सञ्चारमन्त्रीको प्रश्न : मन्त्रीलाई आइफोन दिने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?

६ बैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरूका लागि छुट्टै फोन उपलब्ध गराउने तयारीबारेको भ्रमक कथा कसरी कल्पना भयो भनेर प्रश्न गरेका छन् ।

आज सामाजिक सञ्जालमा स्टाटस राख्दै मन्त्री तिमिल्सिनाले यस्तो प्रश्न गरेका हुन् ।

सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ? उनको प्रश्न छ ।

उनले यस्ता विषय साझा गर्नुअघि यसको स्रोत र विश्वासनियता सुनिश्चित गर्न आग्रह गरे ।

साथीहरू, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चित गर्नुहोला,उनले लेखेका छन्, यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरूपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ ।