८ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज च्याउ, फर्सीसहितका तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्मा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३३, रातो आलु २४, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा ४०, स्थानीय काउली २७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २८ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी ४२, लौका १५, घिरौँला २५, परबल ९०, हरियो डल्ले फर्सी १५, पाकेको फर्सी ५७, भिन्डी ४०, कन्य च्याउ १५०, डल्ले च्याउ ३२५, कुरिलो ३८१, न्यूरो ७५, ब्रोकाउली ५०, चुकन्दर ४५ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३३, रातो आलु २३, भारतीय आलु २४, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा ४५, स्थानीय काउली ३५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला ३० रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ४५, लौका २६, घिरौँला २५, परबल ९०, हरियो डल्ले फर्सी २६, पाकेको फर्सी ५५, भिन्डी ४०, कन्य च्याउ १५०, डल्ले च्याउ ३७५, कुरिलो ४१२, न्यूरो ७५, ब्रोकाउली ५६, चुकन्दर ५० रुपैयाँ प्रतिकिलो थियो ।




