८ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। सरकारी स्रोतका अनुसार बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको छ।
सरकारका प्रवक्ता व्यस्त रहनुभएकाले आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीज्यूले सार्वजनिक गर्नुहुने कार्यक्रम रहेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू संकलन तथा जानकारीका लागि उपस्थित सम्पूर्ण पत्रकार साथीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा समयमै उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिएको छ।
बैठकका निर्णयहरू सार्वजनिक भएपछि सरकारका नीति तथा निर्णयबारे थप विवरण आउने अपेक्षा गरिएको छ।





