१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिएका छन् ।
कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने उनले बताए ।
सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।
सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।





