१५ बैशाख,काठमाडौं । पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान नेतृत्वलाई विधि र प्रक्रियामा आधारित शासनका लागि सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शासनकर्ताहरूलाई ‘शासनकर्ता होइन, सहजकर्ता बन्न’ आग्रह गर्दै ‘विधिमार्फत थिति बसाल्ने’ जिम्मेवारी स्मरण गराएका छन्।
अर्यालले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन्, “विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो। शासनकर्ता होइन, सहजकर्ता बनौं। शास्त्रले भन्छ, मानव जीवात्मा पनि परमात्माकै अंश हो।”
उनको यो भनाइले राजनीतिक नेतृत्वले जनताको सेवकका रूपमा काम गर्नुपर्ने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिएको देखिन्छ।
पूर्व गृहमन्त्री अर्यालको यो सन्देशले वर्तमान राजनीतिक अवस्थामा देखिएका विभिन्न चुनौती र जनअपेक्षालाई सम्बोधन गरेको छ।






