१७ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अध्यादेश ल्याउने बालेन सरकारको कदम लोकतन्त्रविरुद्ध भएको दाबी गरेका छन्।
आज रुकुमपश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।
‘बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ उनले भने, यस्तो गल्ती नगर्न हामीले सरकारलाई सावधान पनि गराएका छौँ।’
अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुगिसकेकाले अब उनको निर्णय हेर्न बाँकी रहेको पनि प्रचण्डले बताए।
यसैबिच सरकारले पेस गरेका अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपति पौडेलले आज कानुनविद्हरूसँग छलफल गर्दै छन्।
यसका लागि राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे कानुनविद्हरूलाई राष्ट्रपति निवास बोलाएका छन् । बालेलेन शाह नेतृत्वको सरकारले ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।



