अन्तर्राष्ट्रिय

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्वि- डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरु माथिको आक्रमण बढिरहेको बताएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३।७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४।३ पुगेको जनाइएको छ ।

डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदेखि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालहरूमा क्षति पुगेको जनाएको छ । जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवाश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भईरहदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपतकालीन स्वास्थ्यसेवाका निर्देशक अल्ताफ मुसानीले बताएका छन्।

स्वास्थ्य सुविधाहरूमा भएका आक्रमणहरूले गाजामा चिकित्सा सेवाहरूको प्रावधानलाई पनि गम्भीर रूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको डब्ल्यूएचओले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणहरूको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गरेको छन्। उनले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पादै उनका स्वास्थ्य सुविधाहरूमा १४९ वटा आक्रमणहरू भएको रेकर्ड गरिएको जनाएका छन् ।