१७ वैशाख, काठमाडौं । रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्। यो अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरिएको हो।
यसै दिन राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका छन्। सरकारले सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले संशोधन अध्यादेश ल्याएको जनाएको छ।





