१८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश–०८३ जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आएको उक्त अध्यादेश राष्ट्रपतिबाट जारी गरिएको हो।
सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनी व्यवस्था थप सुदृढ बनाउन संशोधनसहित अध्यादेश अघि बढाएको हो।



