१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक यही वैशाख २१ गते (सोमबार) बस्ने तय भएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरिएको छ।
यद्यपि बैठकमा छलफल हुने एजेन्डाबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।





